‘एमसीसीका नाममा गठबन्धन भत्काउने प्रयास हुँदैछ’

डिसी नेपाल
७ फागुन २०७८ २२:४९
24
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताएकी छन् ।

राष्ट्रिय जनमोर्चा बागमती प्रदेशको प्रथम सम्मेलनलाई आज सम्बोधन गर्दै उनले विपक्षी दलका केही नेताहरु गठबन्धन भत्काउन लागि परेको बताएकी हुन् । “विपक्षी दलका केही नेताहरु सत्तारुढ दलका नेताहरुलाई बारम्बार भेटेर एमसिसी पारित गर्ने र गठबन्धन भत्काउने प्रयास गर्दैछन्, यसमा गठबन्धन सचेत हुनु जरुरी छ”, उनले भनिन् ।

दुई÷दुई पटक संसद् विघटन गरेको एमालेले पाँच दलीय गठबन्धन भत्काएर संसद् विघटनको औचित्य सावित गर्न खोजेको उनको भनाइ छ । उनले एमस्रीसीका बारेमा यथार्थ कुरा जनतामाझ लैजानुपर्ने बताइन् । सम्मेलनले लालबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । सम्मेलनले सात सदस्यीय सल्लाहकार समिति गठन गरेको जनमोर्चाका नेता रोशन दानीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.