प्रतिनिधिसभा बैठक बस्दै, सम्भावित कार्यसूचीमा परेन एमसीसी

डिसी नेपाल
८ फागुन २०७८ ६:५१
300
Shares

काठमाडौं। प्रतिनिधिसभाकाे बैठक आज बस्दैछ। दिउँसाे १ बजे बस्ने बैठकमा अमेरिकी सहयाेग परियाेजना एमसीसी कार्यसूचीमा परेकाे छैन।

संसद सचिवालयले शनिबार सार्वजनिक गरेकाे संभावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन। संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्नेमात्रै कार्यसूची रहेको छ। सत्ता गठबन्धनमा सहमति नजुट्दा एमसीसी टेबल हुन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.