एमसीसीबारे निर्णय गर्न सत्ता गठबन्धनकाे बैठक बस्दै

डिसी नेपाल
८ फागुन २०७८ ८:००
172
Shares

काठमाडाैं। अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ। संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बस्न लागेको हो।

बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। शुक्रबार नै गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि एकीकृत समाजवादीले समय मागेका कारण आजसम्मका लागि स्थगित गरिएको थियो।

एकीकृत समाजवादीले एमसीसी टेबल गर्न दिने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी अगाडि बढाउन नसिकने निष्कर्ष निकालकाे थियाे। एकीकृत समाजवादीकाे निर्णयले एमाओवादी केन्द्रलाई भने अप्ठेरो परेको छ।

संयुक्त रूपमा विरोध गर्दै आएका सत्ताधारी दुई दलमध्ये एकीकृत समाजवादीले एमसीसी संसद्मा टेबुल गर्न दिने निर्णय गरेपछि माओवादी केन्द्र एमसीसीका सन्दर्भमा एक्लिएको छ।

एमसीसीकै कारण गठबन्धनमा दरार आउने भएपछि एकीकृत समाजवादी मध्यमार्गी बाटो अपनाउँदै एमसीसीलाई टेबुल गर्न दिने निर्णयमा पुगेको हो। तर सभामुख अग्निप्रसाद सापकोटाले यो विषय टेबुल गर्न अनुमति दिनेनदिने विषयमा भने केही खुलेको छैन।

यसअघि  नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदमा जारी एमाले अवरोध नहटाई र राष्ट्रिय सहमति नभई एमसीसी संसदमा टेबलै गर्न नदिने अडान लिइरहेका थिए।

आजको संसदको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । संसद बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बैठकको अन्तिम कार्यसूची तय गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.