सडक बत्तीको बक्यौता तिर्न प्राधिकरणको ताकेता
काठमाडौँ। सडक बत्तीहरूको बक्यौता महसुल तिर्न अटेरी गरेपछि नेपाल विद्युत प्राधिकरणले बक्यौता तिर्न ताकेता गरेको छ। आइतबार एक सूचना जारी गर्दै सडक बत्तीहरूको बक्यौता महसुल तिर्न प्राधिकरणले ताकेता गरेको हो।
प्राधिकरणबाट स्वीकृति लिई स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका) वा उपभोक्ता समूहहरूले जडान गरेका सडक बत्तीहरूको बक्यौता पछिल्लो समयमा बृद्धि हुँदै गएको, केही स्थानीय तहहरूले मासिक विद्युत बिल समर्थन गर्न समेत आनाकानी गर्ने गरेको पाइएको सुचनामा उल्लेख छ ।
प्राधिकरणले सडक बत्ती प्रयोग गरे बापत जारी भएका विद्युत बिलहरू समयमै भुक्तानी गर्न तथा बिल समर्थन गर्न बाँकी रहेका स्थानीय तह तथा उपभोक्ता समूहहरूले नियमानुसार संयुक्त प्रमाणीकरण गरी बिल समर्थन गरी यथाशीघ्र विद्युत महसुल भुक्तानी गर्न अनुरोध गरेको छ ।
सूचना जारी भएको मितिले १५ दिनभित्र बक्यौता बुझाउन प्राधिकरणले अनुरोध गरेको छ । अन्यथा विद्युत सेवा समेत बन्द गरिने प्राधिकरणले चेतावनी दिएको छ।








डिसी नेपाल








Facebook Comment