बालुवाटारमा सत्तागठबन्धनको बैठक सुरु
काठमाडाैं। अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक सुरू भएकाे छ। संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेकाे हाे।
एकीकृत समाजवादीले एमसीसी टेबल गर्न दिने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी अगाडि बढाउन नसिकने निष्कर्ष निकालकाे थियाे। एकीकृत समाजवादीकाे निर्णयले एमाओवादी केन्द्रलाई भने अप्ठेरो परेको छ।
संयुक्त रूपमा विरोध गर्दै आएका सत्ताधारी दुई दलमध्ये एकीकृत समाजवादीले एमसीसी संसद्मा टेबुल गर्न दिने निर्णय गरेपछि माओवादी केन्द्र एमसीसीका सन्दर्भमा एक्लिएको छ।
एमसीसीकै कारण गठबन्धनमा दरार आउने भएपछि एकीकृत समाजवादी मध्यमार्गी बाटो अपनाउँदै एमसीसीलाई टेबुल गर्न दिने निर्णयमा पुगेको हो। तर सभामुख अग्निप्रसाद सापकोटाले यो विषय टेबुल गर्न अनुमति दिनेनदिने विषयमा भने केही खुलेको छैन।
यसअघि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदमा जारी एमाले अवरोध नहटाई र राष्ट्रिय सहमति नभई एमसीसी संसदमा टेबलै गर्न नदिने अडान लिइरहेका थिए।
आजको संसदको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । संसद बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बैठकको अन्तिम कार्यसूची तय गर्नेछ ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई उपस्थित छन्।







डिसी नेपाल








Facebook Comment