सुनको मूल्य ताेलामा १०० रुपैयाँले बढ्यो
काठमाडौँ। सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा १०० रुपैयाँको दरले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ। चाँदीको मुल्य भने स्थिर छ। शुक्रबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य कायम गरिएकाे महासंघले जनाएकाे छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment