चीनमा अपराध गरेर काठमाडौं आएर लुकेका ३६ जना चिनियाँ नागरिक मध्यबानेश्वरबाट पक्राउ

डिसी नेपाल
१० फागुन २०७८ १०:५१
136
Shares

काठमाडौं । काठमाडौको मध्यबानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनमा अपराध गरेर नेपालमा बसिरहेका चिनिया नागरिकलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको भएपनि अहिलेसम्म केही जानकारी गराएको छैन । प्रहरी स्रोतका अनुसार उनीहरूसँग एक जना नेपाली पनि पक्राउ परेका छन् ।

पक्राउ परेका नेपाली उनीहरूको सहयोगी भएको प्रहरीको दावी छ । यसअघि पनि नेपालबाट तीन सयभन्दा बढी चिनिया नागरिक पक्राउ गरेको थियो । ती नागरिकलाई नेपालले प्रकृया पुर्याएर डिपोर्ट गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.