बनेपाको आशापुरीमा सुख्खा पहिरोमा पाँचवटा सवारी साधन पुरिए

डिसी नेपाल
१५ फागुन २०७८ १७:२८
820
Shares

काभ्रेपलाञ्चोक ।  बनेपा नगरपालिका–१४ आशापुरीस्थित आशापुरी रोडा ढुंगा सप्लायर्समा ढुंगा लोड गर्ने क्रममा आइतबार दिउँसो सुख्खा पहिरो जाँदा पाँचवटा सवारी साधन पुरिएका छन् ।

पुरीएका सवारी साधनमा २ वटा स्काईभेटर, ३ वटा टिपर र एउटा निशान गाडी छन् ।

पहिरोमा पुरिएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक विपद् व्यवस्थापन टोली र प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले स्काईभेटरका चालक र सहचालकलाई उद्धार गरी उपचारको लागि मध्यपुर ठिमी अस्पताल भक्तपुर पठाएको छ ।

पहिरोमा पुरिएका थप १ जनाको प्रहरीले उद्धार गर्ने पहल गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.