कर्मचारी युनियनको अध्यक्षमा पोखरेल फेरि उम्मेद्वार, वरिष्ठ उपाध्यक्षमा कट्वाल र महासचिवमा फुँयाल

डिसी नेपाल
१७ फागुन २०७८ ७:३३
48
Shares

काठमाडाैं। नेपाल निजामती कर्मचारी युनियनको आँठौ अधिवेशनमा वर्तमान अध्यक्ष गोपाल पोखरेलले पुनः अध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन्। पोखरेल आँठौ महाधिवेशनमा अध्यक्ष पदका आकांक्षीहरु युनियनको पूरा कार्यकाल नवित्दै अवकाश पाउने भएपछि अधिकांश मतदाताको दबाबमा उम्मेद्वारी दिन लागेका हुन्।

अध्यक्ष पोखरेलको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिव र केही पदाधिकारीको टिमसमेत घोषणा भएको छ। पोखरेलको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा उत्तम कट्वाल, महासचिवमा दुर्गा फुँयाल, उपाध्यक्षमा यज्ञ वली उम्मेदवार बन्ने तय भएको छ।

त्यसैगरी प्रदेश उपाध्यक्षहरुमा एक नम्बर प्रदेशबाट मानबहादुर बन, मधेश प्रदेशबाट राजकिशोर राउत, वागमति प्रदेशबाट दिपकराज मिश्र, गण्डकी प्रदेशबाट दिपक रेग्मी, लुम्बिनी प्रदेशबाट मदन गौतम, कर्णाली प्रदेशबाट चन्द्रबहादुर खड्का र सुदुरपश्चिम प्रदेशबाट चेतराज जोशी उम्मेदवारी दिने तय भएको छ।

पोखरेल नेतृत्वको समुहमा सचिव पदमा जगत बहादुर पाठक, कुलप्रसाद भट्टराई, भविन्द्र पोखरेल, दिनेश पोखरेल, कृष्ण सैजुवाल, हरि क्षेत्री लगायतका आकांक्षी देखिएका छन्। पोखरेल समूहले सचिव पदको टुंगा लागेसंगै सिंगै समुहको उम्मेदवारी घोषणा गर्ने भएको छ।

नेपाल निजामती कर्मचारी युुनियनको नयाँ नेतृत्व चयनका लागि यही फागुनको २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन हँुदै छ । कोरोना संक्रमणका कारण गत माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.