दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी
तनहुँ। तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।
आगलागी नियन्त्रणको प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागेको भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment