अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२१ रुपैयाँ ८० पैसा र बिक्री दर १२२ रुपैयाँ ४० पैसा कायम गरेको छ। बिहिबार मेरिकी डलर एकको खरिद दर १२२ रुपैयाँ २० पैसा र बिक्री दर १२२ रुपैयाँ ८० पैसा रहेको थियो ।
युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ३९ पैसा र बिक्री दर १३५ रुपैयाँ ०६ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ३३ पैसा र बिक्री दर १६१ रुपैयाँ १२ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ३८ पैसा र बिक्री दर ८९ रुपैयाँ ८२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४५ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५१ पैसा र बिक्री दर १० रुपैयाँ ५६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २६ पैसा र बिक्री दर १९ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया ४७ पैसा र बिक्री दर ३२ रुपैयाँ ६३ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ २५ पैसा र बिक्री दर ३३ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम भएको छ।







डिसी नेपाल







Facebook Comment