नेप्सेले माग्यो विभिन्न पदका लागि कर्मचारी
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले विभिन्न पदका लागि दरखास्त माग गरेको छ। नेप्सेले एक सूचना जारी गर्दै खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त माग गरेको हो ।
नेप्सेले खुलातर्फ अधिकृतदेखि प्रबन्धकसम्मका पदमा आवेदन माग गरेको छ। नेप्सेले प्रबन्धक पदका लागि १ जना, सहायक प्रबन्धक (महिला) पदका लागि एक जना , वरिष्ठ अधिकृत र अधिकृत पदका लागि १ जना माग गरेको छ । मधेशी र अपांगतर्फ एक/एक जना अधिकृत माग भएको सूचनामा उल्लेख छ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको २१ दिनभित्र नेपाल स्टक एक्सचेन्ज पदपूर्ति समितिको सचिवालय भद्रकालीमा दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरी थप ७ (सात) दिनभित्र आवेदन दिन सकिने सुचनामा उल्लेख छ ।









डिसी नेपाल







Facebook Comment