अपि पावर कम्पनीले पायो हकप्रद सेयर जारी गर्ने अनुमति
काठमाडौं : अपि पावर कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो ।
बोर्डले कम्पनीलाई १०ः३.९३६ अनुपातमा प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
यस हकप्रदमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि, कम्पनीले गत जेठ २० देखि असार १३ गतेसम्म ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment