यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२२ रुपैयाँ २५ पैसा र बिक्री दर १२२ रुपैयाँ ८५ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ १३ पैसा र बिक्री दर १३४ रुपैयाँ ७९ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ८२ पैसा र बिक्री दर १६० रुपैयाँ ६० पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २३ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ४५ पैसा र बिक्री दर ८९ रुपैयाँ ८९ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ १६ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४६ पैसा र बिक्री दर १० रुपैयाँ ५१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ३० पैसा र बिक्री दर १९ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया ५९ पैसा र बिक्री दर ३२ रुपैयाँ ७५ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ५५ पैसा र बिक्री दर ३३ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १५ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९० पैसा र बिक्री दर ९ रुपैयाँ ९५ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment