नेपाल लाईफ इन्स्योरेन्सले डाक्यो चैत्र २१ गते साधारण सभा, यस्ता छन् पेश हुने प्रस्तावहरु
काठमाडौँ। नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले २१ औँ वार्षिक साधारण सभा चैत्र २१ गते बस्ने भएको को छ ।सभा होटल भिष्वा, बिरगंज पर्सामा बिहान ९ बजे सुरु हुनेछ ।
कम्पनीको उक्त साधारणसभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७३६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ ।
कम्पनीले सेयर संरचना परिवर्तन गर्ने विशेष प्रस्ताब पनि पेश गर्ने भएको छ। कम्पनीको हाल कायम पूँजी संरचनामा सस्थापक र सर्वसाधारण शेयरको ६०:४० अनुपातलाई परिवर्तन गरी ५१:१९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पेश गर्ने भएको छ। साथै कम्पनीको प्रवन्धपत्र र नियमावली पनि संशोधन गर्ने एजेण्डा रहेको छ।
यसैगरी, सभामा कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७/र७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।
कम्पनीले लाभांश वितरण तथा साधारणसभा गर्नको लागि चैत्र ७ गते बुकक्लोज गर्ने भएको छ । यसअनुसार चैत्र ६ गतेसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।







डिसी नेपाल








Facebook Comment