नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक

डिसी नेपाल
१ चैत २०७८ ७:३८
88
Shares

काठमाडौं। नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक बस्दैछ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९:१५ बजे बैठक सुरु हुने जनाइएको छ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन्।

बैठकमा नेपाल र साउदी अरव सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठक सकिएपछि आज नेपाल र साउदीबीछ जनरल कोअप्रेसन एग्रीमेन्टमा हस्ताक्षर हुने जनाइएको छ। बैठकमा सहभागी हुन साउदी बिदेशमन्त्री सोमबार काठमाडौं आइपुगेका हुन् । उनले आज रास्ट्रपति र प्रधानमन्त्रीसँग शिस्टाचार भेट गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.