गालातासारेलाई पराजित गर्दै बार्सिलोना क्वाटरफाइनलमा

डिसी नेपाल
४ चैत २०७८ ६:३७
80
Shares

काठमाडौं। घरेलु मैदानमा भएको पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाले यूइएफए युरोपा लिगको दोस्रो लेगमा बिहीबार राति गालातासारेविरुद्ध २-१ अन्तरको जित निकाल्दै क्वाटर-फाइनलमा स्थान बनाएको छ।

टर्की स्तानबुलमा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले सानदार खेल प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा ल्याएको हो । यस संगै बार्सिलोनाले पछिल्लो ११ खेलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ।

बार्सिलोनाको पुनरागमन जितमा पेड्री र पिएरे एमेरिक औबामेयाङले एक एक गोल गरे। यस अघि खेलको २८औं मिनेटमा गालातासारेका मार्काओले अग्रता बनाएका थिए। पेड्रीले ३७औं मिनेटमा बराबरी गोल गर्दा औबामेयाङले ४९औं मिनेटमा विजयी गोल गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *