युएईविरुद्ध नेपाल बलिङ गर्दै
काठमाडौं।आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईसंग प्रतिस्पर्धा गर्दैछ।दुवई अन्र्तराष्ट्रिय क्रिकेट क्रिकेट मैदानमा भएको खेलमा युएईविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्दैछ । युएईले टस जितेर पहिले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङमा पठाएको हो ।
नेपालले आफ्नो पहिलो खेलमा पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको थियो भने युएईले पनि पपुवा न्यु गिनीलाई नै ७ विकेटले पराजित गरेको थियो।त्यसैले आज दुबै टिम एक अर्कालाई पराजित गर्ने योजनामा रहेको छ ।
यूएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्दी हो । नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियमा ४ पटक आमनेसामने भएका छन् । जसमा नेपाल र यूएई दुवैले समान २-२ पटक जित हात पारेका छन् ।







डिसी नेपाल







Facebook Comment