यूएईले दियो नेपाललाई १६९ रनको लक्ष्य
काठमाडौं। आइसीसी विश्वकप लिग२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सीरीजमा युएईले नेपालसमक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ। शुक्रबार भएको खेलमा युएईले ४६ दशमलव तीन ओभरमा अलआउट हुँदै एक सय ६८ रन मात्र बनाउन सक्यो।
युएईका लागि रोहन मुस्ताफा र चन्दनग्पोयल रिजवानले ४०-४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए।
नेपालका बलर सोमपाल कामी र करण केसी चम्केपछि नेपालले युएईलाई मध्यम स्कोरमै रोक्न सफल भएको हो । सोमपालको नाममा चार र करणको नाममा तीन विकेट छ । सागर ढकाल, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।
नेपालको लागि सर्वाधिक विकेट सोमपाल कामीले ४, करण केसी ३,सन्दीप लामिछाने, दीपेन्द्र एरी र सागर ढकालले समान १-१ विकेट लिए। यूएईका लागि रोहन मुस्ताफा र सीपी रिजवानले सर्वाधिक समान ४०-४० रन बनाएका थिए।
खराव सुरूवात गरेको यूएइका लागि सीपी रिजवान र रोहन मुस्तफाले अर्धशतकीय साझेदारी गर्दै इनिंग्स उकासेका थिए।
७७ रन सम्म रहेको उक्त साझेदारीलाई कप्तान सन्दीप लामिछानेले ३४ औं ओभरमा तोडे। ४० रन बनाएका रिजवानलाई सन्दिपले स्टम्प आउट गरे। ३९ औं ओभरमा ४० रन बनाएका रोहन मुस्तफालाई दिपेन्द्रले बोल्ड गरे।







डिसी नेपाल







Facebook Comment