नेको इन्स्योरेन्सले बोलायो चैत ९ गते साधारण सभा, यस्ता छन् एजेण्डा

डिसी नेपाल
७ चैत २०७८ १०:४४
32
Shares

काठमाडौं। नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा चैत ९ गते बस्ने भएको छ। सभा कम्पनीको केन्द्रीय कार्यालय बिमा भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५ प्रतिशत  बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश गर्ने भएको छ । साथै कम्पनीको प्रवन्धपत्र र नियमावली पनि संशोधन गर्ने एजेण्डा रहेको छ।

यसैगरी, सभामा कम्पनीको आर्थिक वर्ष २०७७/७८को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

लाभांश तथा सभा प्रयोजनका लागि कम्पनीले चैत १ गते बुक क्लोज गरिसकेको छ । फागुन ३० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश र सभामा भाग लिन पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.