तीन सयले बढ्यो सुनको मूल्य
काठमाडौँ। नेपाली बजारमा सुनको भाउ बढेको छ। सोमबार छापावाला सुन प्रति तोला ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ।
आइतबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापाला सुन आज ३ सयले बढेर प्रति तोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार एक हजार तिन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment