ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता आइपिओ बिक्री खुल्ला

डिसी नेपाल
८ चैत २०७८ ८:४९
96
Shares

काठमाडौं। ग्रीन भेन्चर्स लिमिटेडले ३१ लाख २५ हजार कित्ता आइपिओ आज (मंगलबार, चैत्र ८ गते)देखि बिक्री खुल्ला भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपिओ बिक्री खुल्ला गरेको हो।

कम्पनीले जारी गरेको आइपिओमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामूहिक लगानी कोष योजनाहरुको लागि छुट्याइएको छ । भने, बाँकी २८ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।

लगानीकर्ताले यस आइपिओमा न्युनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ। लगानीकर्ताले यो आइपिओमा चैत ११ गतेसम्म आवेदन दिन पाउनेछन्। तोकिएको समयभित्र आवश्यक मात्रामा आवेदन नपरेमा ढिलोमा चैत २२ गतेसम्म भर्न पाइनेछ ।

यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्नेछ । यस आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.