मंगलबार बढ्यो डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
८ चैत २०७८ ९:१२
76
Shares

काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४९ पैसा र बिक्री दर १२२ रुपैयाँ ०९ पैसा कायम गरेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१ रुपैयाँ ५८ पैसा कायम भएको थियो।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ २५ पैसा र बिक्री दर १३४ रुपैयाँ ९१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ६३ पैसा र बिक्री दर १६० रुपैयाँ ४१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६६ पैसा र बिक्री दर ९० रुपैयाँ १० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ ७९ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ १९ पैसा र बिक्री दर १० रुपैयाँ २४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ११ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ३८ पैसा र बिक्री दर ३२ रुपैयाँ ५४ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २४ पैसा र बिक्री दर ३३ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ ०५ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.