नेपाल इन्स्योरेन्सले गर्यो ११ प्रतिशत लाभांश दिने घोषणा, कर तिर्न नगद पनि !

डिसी नेपाल
८ चैत २०७८ १४:०९
48
Shares

काठमाडौँ। नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोसणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.५७८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले ११ प्रतिशतले हुन आउने १३ करोड ६६ लाख ५७ हजार २४२ रुपैयाँबराबरको बोनस सेयर दिने भएको छ। साथै, कर प्रयोजनार्थ ०.५७८९ प्रतिशतले हुन आउने ७१ लाख ९२ हजार ४८६ रुपैयाँबराबरको नगद खर्च गर्ने भएको छ।

प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृत भइ कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.