४ कम्पनीको ८५ लाख ४९ हजार ९६६.८३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४ कम्पनीको ८५ लाख ४९ हजार ९६६.८३ कित्ता बोनस सेयर सूचिकृत भएको छ। मंगलबारको कारोबारमा नेपाल एसबीआई बैंक, प्राइम लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स र वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको हो।
नेपाल एसबीआई बैंकको ३.५० प्रतिशतले हुन आउने ३३ लाख २२ हजार ७५२.२६०३ कित्ता बोनस सेयर सूचिकृत भएको हो। त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशतले हुन आउने ३६ लाख २५ हजार ५८५.५४ कित्ता बोनस सेयर र पोखरा फाइनान्सको ८.०७५ प्रतिशतले हुन आउने ७ लाख ७७ हजार ७४०.२३ कित्ता बोनस सेयर सूचिकृत भएको छ।
यता, वोमी लघुवित्तको २० प्रतिशतले हुन आउने ८ लाख २३ हजार ८८८. ८० कित्ता बोनस सेयर सूचिकृत भएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment