यु-१८ महिला साफ: सान्त्वना जितको खोजिमा नेपाल

डिसी नेपाल
९ चैत २०७८ ८:४७
12
Shares

काठमाडौं। यु-१८ महिला साफ च्याम्पियन्ससिपको अन्तिम खेलमा आज नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । भारतको जम्सेदपुरमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा सात बजेबाट सुरु हुनेछ। यसअघि भएको खेलमा बंगलादेशसँग ४-२ ले पराजित भएको नेपाल आज जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

नेपाल, बंगलादेश र भारत सहभागी प्रतियोगितामा तीन खेल खेल्दासम्म नेपाल अंकविहीन छ। तालिकाको शीर्ष स्थानमा रहेको भारतले तीन खेलबाट नौ अंक जोडेको छ । यस्तै, दुई खेलबाट तीन अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ।

डबल राउन्ड रोविन लिग पद्दतीमा भइरहेको प्रतियोगितामा सर्वाधिक अंक जोड्ने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ। यसअघि भएको पहिलो खेलमा नेपाल भारतसँगै ७-० ले, दोस्रो खेलमा बंगलादेशसँग ४-२ ले र तेस्रो खेलमा भारतसँग ५-१ ले पराजित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *