बुधबार १ हजार १ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
९ चैत २०७८ १०:५३
80
Shares

काठमाडौँ। साताको कारोबारको चौथौ दिन बुधबार सुनको भाउ घटेको छ। बुधबार छापावाला सुन प्रति तोला ९९ हजार २ सय रुपैयाँ कायम भएको छ।

मंगलबार १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छापाला सुन आज १ हजार १ सय रुपैयाँले घटेर प्रति तोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो। मंगलबार चाँदी १ हजार ३ सय ९५ रुपैयाँ कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.