नेप्से २०.३४ अङ्कले घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए अधिक नाफा

डिसी नेपाल
९ चैत २०७८ १५:१७
56
Shares

काठमाडौं । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से परिसूचक २०.३४ अङ्कले घटेर २ हजार ६३०.३६ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२६ कम्पनीको ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा २ अर्ब ४ करोड ६३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । यस कम्पनीको १५ करोड ३३ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय ५१ रुपैयाँ कायम भएको छ ।  त्यसपछि क्रमश : जीवन विकास लघुवित्त र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ ।

बुधबारको कारोबारमा १३ उपसुचकमध्ये व्यापार र म्युचुअल फण्ड उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा राष्ट्रिय उत्थान लघुवित्त र इमर्जिङ्ग नेपाल सेयर भाउ १० प्रतिशतले बढेको छ जसले गर्दा यी कम्पनीका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन्

यता, बुद्ध भुमि नेपाल हाइड्रोपावर र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले अधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.