उपकार लघुवित्तले पायो आइपिओ जारी गर्ने अनुमति
काठमाडौं। उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले संस्थालाई २ लाख ६६ हजार २५० कित्ता आइपिओ जारी गर्ने अनुमति प्रदान गरेको हो।
संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्ने अनुमति पाएको हो।
कम्पनीले कुल पूँजीको ३६ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। संस्थाको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट क्यापिटल रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment