ह्वात्तै बढ्यो सुनको मूल्य

डिसी नेपाल
१० चैत २०७८ १०:४१
540
Shares

काठमाडौँ। साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको भाउ बढेको छ। बिहिबार छापावाला सुन प्रति तोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ।

बुधबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापाला सुन आज १ हजार १ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.