इजेड वल्र्डवाइड रेमिट र इसेवा मनि ट्रान्सफरबीच सम्झौता, विश्वका ४० मुलुकबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

डिसी नेपाल
१० चैत २०७८ १३:४५
36
Shares

काठमाडौँ। नेपालको रेमिट्यान्स् बजारमा बलियो उपस्थिती जनाउँदै आइरहेको इसेवा मनि ट्रान्सफर र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको प्रतिष्ठित बैंक बिएफसी बेंक अन्तरगत रहेको इसेड रेमिटबीच रेमिट्यान्स् भूक्तानी सम्झौता भएको छ ।

सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट सि.ई.ओ, अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर समेत रहेका कार्यबहाक सि.ई.ओ, मुजाहिद मलिकले हस्ताक्षर गरे।

यो सम्झौतासंगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढि मुलुकमा रहेका ५५,००० भन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउँन सकिनेछ ।

सम्झौता बारे बोल्दै इसेवा मनी ट्रान्सफरका सि.इ.ओ, अजेस कोइरालाले भने, “इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ । यस रेमिट्यान्स सम्झौता मार्फत इसेवा मनी ट्रान्सफरले नेपालीहरुलाई आफ्नो परिवारसँग जोड्ने कुरामा हामी विश्वस्त छौँ र यसैगरी सकेसम्म धेरै विदेश गएका नेपालीहरुलाई डिजिटल रेमिट्यान्सको माध्यमबाट सस्तो, छिटो र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो घर–परिवारसम्म जोड्न हामी निरन्तर लागि रहने छौँ ।”

इसेडसँगको यो सहकार्यसँगै इजेड रेमिटको सेवा उपलब्ध रहेका मुलुकमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा, सोझै पाउने व्यक्तिको बैंकको खातामा डिपोजिट गर्न मिल्नुका साथै इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ ।

त्यस्तै इजेड रेमिटको शाखाहरुबाट पठाएको रेमिट्यान्स नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १२, ००० बढी भुक्तानी केन्द्र र इसेवाका मुलुकभरी रहेका १ लाख ३० हजार बढी एजेण्ट नेटवर्कबाट पनि तुरुन्तै रकम प्राप्त गर्न सकिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.