धौलागिरी लघुवित्तले आइपिओ जारी गर्न माग्यो अनुमति
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्न अनुमति माग गरेको छ। नेपाल धितोपत्र बोर्डसँग कम्पनीले ३ लाख ३१ हजार कित्ता आइपिओ जारी गर्न अनुमति माग गरेको हो।
कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यमा ३ करोड ३१ लाख बराबरको आइपिओ जारी गर्न लागेको हो। उक्त आइपिओ जारी गर्न कम्पनीले बोर्डमा फागुन २३ गते निवेदन दिएको हो ।
आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment