धोनीले चेन्नइ सुपरकिंग्सको कप्तानबाट राजीनामा दिए
काठमाडौं। महेन्द्र सिंह धोनीले आइपिएल टिम चेन्नइ सुपरकिंग्सको कप्तान पदबाट राजीनामा दिएका छन् । भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका धोनीले आइपिएलको पहिलो संस्करण २००८ देखि २०२१ सम्म चेन्नइको कप्तानी गरेका थिए । यो अवधिमा धोनीले ४ पटक आइपिएलको उपाधि जितेका छन् ।
आइपिएलको नयाँ सिजन सुरु हुनुभन्दा ठिक २ दिन पहिले धोनीले चेन्नइको कप्तानी छोडेका हुन् । अब उनको ठाउँमा रवीन्द्र जडेजा चेन्नइको कप्तान हुनेछन् । रविन्द्र जडेजा २०१२ देखि चेन्नइ सुपरकिंग्समा छन् । चेन्नइ सुपरकिंग्सले एउटा बयान जारी गर्दै महेन्द्र सिंह धोनी यो सिजन र त्यसपछि पनि चेन्नइ सुपरकिंग्सको हिस्सा बनिरहने बताएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment