थाइल्यान्डविरुद्धको फुटबलका लागि अन्जन र दर्शनलाई अग्रपंक्तिको जिम्मा

डिसी नेपाल
१० चैत २०७८ १८:४४
44
Shares

काठमाडौं । थाइल्यान्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको पहिलो सुरुवाती ११ सार्वजनिक भएको छ। नेपाली टोलीका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो रोजाइमा टोलीको पोस्ट कप्तान किरण चेम्जोङले सम्हाल्नेछन् ।

यस्तै, डिफेन्समा दीनेश राजवंशी र अनन्त तामाङ रहँदा सुरजजिउ ठकुरी र एरिक बिष्टले उनीहरूलाई सहयोग गर्नेछन् ।

मिडफिल्डरमा पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ र आयुष घलान छन् ।

यसैगरी, नेपाली टोलीको अग्रपंक्तिमा दर्शन गुरुङ र अन्जन बिष्टले सम्हाल्नेछन् ।

नेपाल र थाइल्यान्डबीचको खेल साँझ ५ः४५ बजेबाट सुरु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *