दुई कम्पनीको सेयर मूल्य समायोजन, समायोजनपछि भाउ कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ। जीवन विकास लघुवित्त वित्तीय संस्था र नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो। समायोजन पछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३ हजार रुपैयाँ कायम भएको छ । यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार ५ हजार १०० रुपैयाँले कारोबार भएको थियो ।
नेपाल दूरसञ्चार कम्पनीको २० प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो। समायोजन पछि कम्पनीको सेयर मूल्य प्रति कित्ता १ हजार २२० रुपैयाँ ८३ पैसा कायम भएको छ । यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार १ हजार ४६५ रुपैयाँले कारोबार भएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment