२ वटा कम्पनीले पायो आइपिओ जारी गर्ने अनुमति

डिसी नेपाल
११ चैत २०७८ १२:०२
120
Shares

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले २ वटा कम्पनीलाई आइपिओ जारी गर्न अनुमति प्रदान गरेको छ। सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावरले आइपिओ जारी गर्ने अनुमति प्राप्त गरेको हो।

बोर्डले सीवाईसी नेपाल लघुवित्तलाई ३ लाख ९५ हजार ३३६ कित्ता आइपिओ जारी गर्न अनुमति दिएको हो। संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपिओ जारी गर्न अनुमति पाएको  हो।

कम्पनीले कुल पूँजीको ३२.५० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। संस्थाको बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल रहेको छ।

यता, बोर्डले रिभर फल्स पावरलाई ३४ लाख ३० हजार कित्ता आइपिओ जारी गर्न अनुमति दिएको हो। संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा ३४ करोड ३० लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न अनुमति पाएको  हो।

कम्पनीले कुल पूँजीको ४९ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। संस्थाको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.