दिपेन्द्र सिंह ऐरीको शतक
काठमाडौं। पपुआ न्यू गिनीविरुद्ध किर्तिपुर मैदानमा भइरहेको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीले शतक बनाएका छन् । यससँगै उनी नेपालको लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने तेस्रो खेलाडी बनेका छन् ।
नेपालका लागि पहिलो एकदिवसीय शतक पूर्वकप्तान पारस खड्काले बनाएका थिए । दोस्रो शतक हिजो मात्रै पपुआ न्यू गिनीविरुद्ध रोहित पौडेलले बनाएका थिए । आज ऐरीले १३६ बल खेलेर शतक बनाएका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment