बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ अर्बले बढ्यो

डिसी नेपाल
१३ चैत २०७८ ९:३४
44
Shares

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकदिनमा १३ अर्बले बढेको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत १० गते निक्षेप १३  अर्बले बढेर ४८ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । चैत ९ गते बैंकहरूको निक्षेप ४८ खर्ब ८२ अर्ब रूपैयाँ रहेको थियो।

बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेसँगै कर्जा लगानी पनि केहि बढेको छ । चैत ९ गते ४६ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा चैत १० गते १ अर्वले बढेर ४६ खर्व ९५ अर्व रहेको तथ्यांकमा उल्लेख छ ।

चैत ९ गते सम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.९६ प्रतिशत रहेकोमा चैत १० गतेसम्ममा बढेर ९०.७५ प्रतिशत पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.