थाहा पाउनुहोस्, कुन उमेरका व्यक्तिले कति समय सुत्ने ?

डिसी नेपाल
१३ चैत २०७८ १३:२४
288
Shares

काठमाडौं । बदलिदो जिवनशैलीका कारण हाम्रो दैनिक पनि बद्लिरहेको हुन्छ । एक वयस्क मानिसका लागि ८ घण्टाको निन्द्रा सबै भन्दा राम्रो मानिन्छ । तर, पनि हामी विभिन्न कारणले गर्दा समयमा सुत्न, र समयमा उठ्न सकिरहेको हुँदैनौं । जसका कारण हाम्रो स्वास्थ्यमा विभिन्न समस्याहरु देखा पर्दछ । विभिन्न उमेरका मानिसहरुका लागि निद्राको आवश्यकता फरक–फरक हुने गर्छ।

यदि तपाइँ ५ घण्टाभन्दा कम समय सुत्न हुन्छ भने तपाईको मस्तिष्कको कार्यक्षेत्रमा नकारात्मक असर पुग्ने गर्दछ । नियमित नसुत्दा मदिरा, कफी र इनर्जी ड्रिंक्स जस्ता पेय पदार्थको सेवन, अलार्म घडी जस्ता कुराहरुको सहारा लिने गर्दछ ।
कहिले काहीँ आवश्यकता भन्दा बढी मात्रामा सुत्छौं भने त्यसो गर्दा पनि स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्दछ ।

शरिर आलश्य हुने, टाउको चिट्चिट् दुख्ने, आफैलाई विसन्चो महसुस हुने, केही काम गर्न मन नलाग्ने जस्ता समस्या हुने गर्दछ  । निन्द्राको मात्रा पनि उमेर अनुसार फकर हुने एक अनुसन्धानले देखाएको छ । आउनुहोस् थाहा पाउन कुन उमेर समुहका व्यक्तिले कति समय निदाउने ।

नवजात शिशुदेखि ३ महिना उमेर समूह : यी बच्चाहरूलाई हरेक दिन १४ देखि १७ घण्टा निद्रा आवश्यक हुन्छ। जसमध्ये कम्तिमा ११ देखि १७ घण्टा निदाउन महत्त्वपूर्ण छ। तर १९ घण्टाभन्दा बढी निदाउनु पनि बच्चाको दिमागको विकासलाई बाधा पुग्न सक्छ ।
४ महिनादेखि १ बर्ष उमेर समूह : ४ महिनादेखि १ बर्षसम्मका उमेरका बच्चालाई १२ देखि १५ घण्टा वा कम्तिमा १० घण्टा निदाउनु आवश्यक हुन्छ। यस्तै, १८ घण्टाभन्दा बढी निन्द्रा तिनीहरूको लागि खतरनाक हुनसक्छ।

१ देखि २ बर्ष उमेर समूह: १ देखि २ बर्षसम्मका बच्चाको लागि ११ देखि १४ घण्टा निदाउनु राम्रो मानिन्छ । यसभन्दा बढी वा कम निदाउनु यी उमेर समूहका बच्चाहरुको लागि राम्रो हुँदैन ।

३ बषैदेखि ५ बर्ष उमेर समूह : यी उमेर समुहका बच्चाहरु १० देखि १३ घण्टाको निन्द्रा राम्रो मानिन्छ । यसैगरी ८ घण्टाभन्दा कम वा १४ घण्टाभन्दा बढी निदाउनु उनीहरुका लागि हानिकारक हुनसक्छ ।

६ देखि १३ बर्ष समूह : यी उमेर समूहका बच्चाहरुको लागि ९ देखि ११ घण्टाको निन्द्रा राम्रो मानिन्छ । उनीहरुका लागि ७ घण्टाभन्दा कम वा ११ घण्टाभन्दा बढी निदाउनु उनीहहरुका लागि हानिकारक हुन्छ ।

१४ देखि १७ बर्ष समूह :१४ बर्षदेखि १७ बर्ष उमेर समूहका लागि ८ देखि १० घण्टाको निन्द्रा राम्रो मानिन्छ ।

१८ देखि २५ बर्ष समूह : १८ देखि २५ बर्ष समूहका लागि ७ देखि ९ घण्टा सुत्नु फाइदाजनक रहेको छ । तर यसभन्दा घटी वा बढी भने हानिकारक हुन जान्छ ।

२६ देखि ६४ बर्ष समूह : २६ बर्ष देखि ६४ वर्ष उमेरका मानिसहरूलाई पनि ७ देखि ९ घण्टा निद्रा आवश्यक छ । यसले मानसिक स्वास्थ्यका साथै कार्यक्षमता पनि प्रभावकारी बनाउन सहयोग गर्दछ ।

६४ बर्ष उमेर समुहभन्दा माथि : ६४ बर्ष उमेर समूहका मानिसहरुका लागि ७ देखि ८ घण्टाको निन्द्रा राम्रो मानिन्छ । बढ्दो उमेरका साथ, निद्रा आवश्यकता पनि घट्दै जान्छ । तर यस उमेरमा ५ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढी सुत्नु स्वस्थ होइन।

साथै, आफ्नो स्वास्थ्यको लागि भए पनि समय मै सुत्ने र उठ्ने बानी बसाल्नु पर्दछ । साथै सुत्नु अगाडी कुनै नकारात्मक सोचहरु मनमा ल्याउन नहुने चिकित्सकहरु बताउँछन् । आरामदायी विछ्यौना र तकियाको प्रयोग गर्नुका साथै मदिरा र क्याफेन जस्ता निद्रा विगार्ने पदार्थहरुको सेवन गर्नु हुंदैन। सुत्नुअघि विद्यतिय उपकरणहरु बन्द गर्नु पर्ने चिकित्सकहरु बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.