४ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
१३ चैत २०७८ १२:५६
120
Shares

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। आइतबारको कारोबारमा जनरल इन्स्योरेन्स कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था, इमर्जिङ्ग नेपाल र राष्ट्रिय उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको हो।

जनरल इन्स्योरेन्स र जीवन विकास लघुवितको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने इमर्जिङ्ग नेपाल र राष्ट्रिय उत्थान लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

जनरल इन्स्योरेन्सको सेयर मूल्य ६० रुपैयाँले बढेर ६ सय ६० रुपैयाँ १० पैसा पुगेको छ भने जीवन विकास लघुवितको सेयर मूल्यको सेयर भाउ ३ सयले बढेर ३ हजार ३ सय रुपैयाँ पुगेको छ। यस्तै, इमर्जिङ्ग नेपालको सेयर भाउ ७६ रुपैयाँले बढेर ८ सय ३६ रुपैयाँ ७० पैसा र राष्ट्रिय उत्थान लघुवित्तको सेयर भाउ ८१ रुपैयाँ ९० पैसाले बढेर ९ सय १ रुपैयाँ ४० पैसा पुगेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.