नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

डिसी नेपाल
१३ चैत २०७८ १३:१४
204
Shares

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र मन्जुश्री फाइनान्सको बोनस सेयर सूचिकृत भएको हो।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ लाख ८२ हजार ४ सय ८२ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्षको मुनाफाबाट  ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।  सोहि प्रस्तावित ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

यस्तै, मन्जुश्री फाइनान्सको ४० प्रतिशतले हुन आउने ३८ लाख ६१ हजार ५७९.५६८० कित्ता बोनस सेयर सुचिकृत भएको हो। फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.