कांग्रेस बैठक भोलिसम्मलाई स्थगित, आइतबार ५४ सदस्यले आफ्नो धारणा राखे

डिसी नेपाल
१३ चैत २०७८ १८:१०
32
Shares

 

काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले आइतबार धारणा राखेका छन् । आइतबारको बैठकमा ५४ जना केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखेका छन् ।

एनपी साउँद, जीवनबहादुर शाही, दिपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा .डिला संग्रौलाले धारणा व्यक्त गरेका छन् ।

यस्तै सरिता प्रसाईं, अमृत अर्याल, डा। गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, धु्रव वाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजंग बस्नेत, राजीव ढुंगाना, राजेन्द्रकुमार केसी, अर्जुनजंगबहादुर सिंह, राजीवबिक्रम शाह, डा। चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्काले पनि बैठकमा धारणा राखेका पार्टी केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
धारणा राख्ने अन्य केन्द्रीय सदस्यहरुमा प्रकाश रसाईली स्नेही, रंगमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, सुशीला ढकाल (आचार्य), रुपा विक, विद्यादेवी तिमिल्सीना र जीवन राना छन् ।

चुनावी अभियानमा जिल्लामा खटिएका प्रतिनिधिले पनि बैठकमा रिपोर्ट प्रस्तुत गरेका छन् । सोही रिपोर्टको आधारमा नेपाली कांग्रेसले आगामी स्थानीय तहको चुनावबारे निर्णय लिने तयारी गरेको छ । रिपोर्ट प्रस्तुत गर्ने अधिकांस सदस्यले चुनावमा गठबन्धनसहित जान नेतृत्वलाई सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठक भोलि सोमबार बिहान साढे ११ बजे बस्ने गरी सकिएको छ । बैठक शुक्रबारदेखि सुरु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.