लागूऔषध ट्रामाडोलसहित मकवानपुरबाट दुई जना पक्राउ

डिसी नेपाल
१९ फागुन २०८२ १५:१६
48
Shares

काठमाडौं। मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट १३२ ट्याब्लेट लागूऔषध ट्रामाडोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार दिउँसो भीमफेदी गाउँपालिका-६ छबेली बस्ने २७ वर्षीय उमेश मोक्तान र १६ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले ओमभवनबाट हुप्रातर्फ जाँदै गरेको बाप्रा ०३-००२ प ४४८१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

साथै प्रहरीले हाल फरार स्कुटरमा सवार एक जनाको खोजी गरिरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *