नेपाल राष्ट्र बैंकले २२ अर्व १० करोडबराबरको ट्रेजरी बिल जारी गर्दै
काठमाडौँ। नेपाल राष्ट्र बैंकले २२ अर्व १० करोड ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो।
बैंकले २८ दिनको लागि ५ अर्व रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो। यो बिल २०७९ साल बैशाख १३ गते परिपक्व हुनेछ। यसैगरी ९१ दिने ९ अर्ब १० रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी २०७९ साल असार १४ गते परिपक्व हुनेछ।
राष्ट्र बैंकले १८२ दिनका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल २०७९ साल असोज ११ गते परिपक्व हुनेछ। यसैगरी बैंकले ३६४ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल २०७९ चैत १४ गते परिपक्व हुनेछन्।
ट्रेजरीको बोलकबोल साेमबार दिउँसो ३ बजे अनलाइनमार्फत् खुला हुनेछ। बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्थालगायतलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ। राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत् ऋणपत्र बिक्री गर्ने गर्दछ।








डिसी नेपाल








Facebook Comment