दुई कम्पनीको ५९ लाख ३० हजार ४७०.२२ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
१४ चैत २०७८ १०:०८
52
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको ५९ लाख ३० हजार ४७०.२२ कित्ता बोनस सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा सबैको लघुवित्त वित्तीय संस्था र एशियन  लाइफ इन्स्योरेन्स रहेको छ।

सबैको लघुवित्तको ६ लाख ३९ हजार ७२७.५० कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीको आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ३१.०५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

त्यसैगरी, एशियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशतले हुन आउने ५२ लाख ९० हजार ७४२.७२ कित्ता बोनस सेयर सूचिकृत भएको हो।  कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

यस कम्पनीको बोनस सेयर सेयरधनीको हितग्राही खातामा आएपछि सेयरधनीले दोस्रो बजारमा कारोबार गर्न सक्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.