नेप्से २९.९८ अङ्कले घट्दा दुई कम्पनीको सेयरमा सर्किट

डिसी नेपाल
१४ चैत २०७८ १५:२३
84
Shares

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक २९.९८ अङ्कले घटेर २ हजार ५४२.२८ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा २ अर्ब ५४ करोड ५३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा जीवन विकास लघुवित्त अग्रस्थानमा रहेको छ । यस कम्पनीको २७ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय ६६ रुपैयाँ ९० पैसा कायम भएको छ । त्यसपछि क्रमश : अपि पावर कम्पनी र हिमालयन डिस्टिलरीको कारोबार भएको छ ।

आइतबारको कारोबारमा १३ उपसुचकमध्ये नन् लाइफ इन्स्योरेन्स उपसुचक बाहेक बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा राष्ट्रिय उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ्ग नेपालका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन्। यी दुई कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ।

यता, आइसीएफसी फाइनान्स र सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ताले अधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.