२ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो कति ?
काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकदिन २ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत १३ गते निक्षेप २ अर्बले बढेर ४८ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । चैत १२ गते बैंकहरूको निक्षेप ४८ खर्ब ९६ अर्ब रूपैयाँ रहेको थियो।
यस्तै, चैत १२ गते ४३ खर्ब २६ अर्व रुपैयाँ रहेको बाणिज्य बैंकको निक्षेप ३ अर्वले बढेर ४३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप केहि बढे कर्जा लगानी भने स्थिर रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने स्थिर रहँदै ४६ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ।
चैत १२ गतेसम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.७४ प्रतिशत रहेकोमा चैत १३ गतेसम्म घटेर ९०.७० प्रतिशत पुगेको छ ।







डिसी नेपाल








Facebook Comment