१ हजार ३ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबार छापावाला सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ कायम भएको छ।
सोमबार एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज १ हजार ३ सय रुपैयाँले घट्दा ९९ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । सोमबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा निर्धारण भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment