दुई बैंकसहित तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
१५ चैत २०७८ ११:३३
40
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको ४ करोड ७७ लाख ८८ हजार ०२२.८५७९ कित्ता बोनस सेयर सूचिकृत भएको छ। मंगलबार नबिल बैंक, एक्ससेल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

नबिल बैंककाे ४ कराेड ६५ लाख १७ हजार ३ सय ५५.८९ कित्ता बोनस सेयर सूचिकृत भएको हो । बैंकको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३३.६० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

यस्तै, एक्सेल डेभलपमेन्ट बैंककाे १२ प्रतिशतले हुन आउने ९ लाख ७३ हजार ३ सय ४५ दशमलव ४६९७ कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

त्यसैगरी, स्वाभिमान लघुवित्त वित्तीय संस्थाकाे ३२.३० प्रतिशतले हुन आउने २ लाख ९७ हजार ३ सय २१ दशमलव ५० कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३२.३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.