प्राइम कमर्सियल बैंकको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला, न्युनतम २५ कित्ता भर्नुपर्ने

डिसी नेपाल
१६ चैत २०७८ १०:०९
192
Shares

काठमाडौं। प्राइम कमर्सियल बैंकले २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अङ्कित मूल्यमा २ अर्ब २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको गरेको हो।

बैंकले खुल्ला गरेको ऋणपत्रमध्ये १० लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। भने, बाँकी १५ लाख कित्ता अन्य संघसंस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ।

बैंकले १० वर्ष अवधिको ‘प्राइम डिबेन्चर २०८८’ नाममा ऋणपत्र बिक्री खुल्ला गरेको हो। यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ। यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिंङले गर्नेछ । यो ऋणपत्रमा चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको समय भित्र आवश्यक मात्रामा ऋणपत्र बिक्री नभएमा चैत ३० गतेसम्म भर्न सकिने पनि बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.